डाक्टर असुरक्षित भएकाे भन्दै कर्णाली प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा बन्द

File Photo
File Photo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आकस्मिकबाहेक सबै सेवा बन्द भएका छन्। देशका विभिन्न अस्पतालमा डाक्टर कुटिएकाे विषयमा दाेषीलाई कारबाही गर्नुपर्न, डाक्टरकाे सुरक्षा माग गर्दै प्रतिष्ठानका चिकित्सकहरु आन्दाेलित भएका हुन्।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा पटक-पटक हुँदै आइरहेको धरपकड, दुर्व्यवहार एवम् आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बुधबार आकस्मिकबाहेकका सेवा बन्द गरिएकाे आवासीय चिकित्सक संघका प्रतिनिधि डाक्टर ललितसिंह धामीले बताए।

'केही दिनदेखि लमजुङ अस्पताल, मणिपाल शिक्षण अस्पताल, बघौडा अस्पताल माडी चितवन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शृंखलाबद्ध रुपमा चिकित्सक एवम् स्वाथ्यकर्मीमाथि भएको आक्रमणका घटनाका दाेषीलाई कारबाही गरिनुपर्ने हाम्राे माग छ,' उनले भने।

प्रतिष्ठानका सम्पूर्ण फ्याकल्टी, आवासीय चिकित्सक, स्वास्थ्यकर्मीहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दिनरात खटिरहेको चिकित्सक स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने वातावरण गर्नुकाे सट्टा सधै मनाेबल गिराउने, आक्रमण गर्ने जस्ता गलत कदमकाे प्रतिष्ठानका चिकित्सकले घाेर भत्सर्नासमेत गरिएकाे छ।

पछिल्लाे समय श्रृंखलाबद्द रुपमा देशका विभिन्न अस्पतालका चिकित्सकमाथि घटेका घटनाले समाजमा अराजकता निम्त्याइ स्वास्थ्य संस्था एवम् सेवाग्राही बीचको दुरी बढाउने र भविष्यमा स्वास्थ्य सेवा झनै जटिलतातर्फ मोडिने निश्चित रहेकाे विज्ञप्तिमा उल्लेख छ।

लम्जुङ, मणिपाल, चितवन एवम् पाटन अस्पतालमा भएका घटनाहरुको दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६, (पहिलो संसोधन २०७९) अनुसार कारबाही प्रक्रिया अगाडी नबढाएसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण फ्याकल्टी, चिकित्सक, स्वास्थ्यकर्मीहरु असाेज १० गतेदेखि आकस्मिकबाहेक (पुर्वानिरधारित परीक्षाका कार्यक्रमसमेत) अन्य सेवामा संग्लन हुन नसक्ने डाक्टर धामीले बताए।

प्रकाशित मिति: : 2023-09-27 11:45:00

प्रतिकृया दिनुहोस्