यस्तो छ अमेरिका जाने ‘चाेर बाटो’ (तस्बिरहरू)

Photo - REUTERS
Photo - REUTERS

संयुक्त राज्य अमेरिका सायदै संसारभरिका मानिसहरुको सपनाको देश हो। उक्त सपनाकाे देश पुग्न मानिसहरुले धेरै विकल्पहरुकाे प्रयाेग गर्छन्। अमेरिका पुगिने एउटा वैधानिक र अर्काे अवैधानिक बाटो छ। वैधानिक बाटो हुँदै अमेरिका जानेहरुको लागि अनेकौँ मापदण्ड तोकिएको छन्। ती मापदण्ड पूरा गर्न नसक्ने लाखौँ मानिसहरु अवैध बाटो (चाेर बाटाे) हुँदै अमेरिका जाने गर्छन्, त्यस क्रममा कयौँ मानिसहरु त्यही अवैध बाटाेमा ज्यान जान्छ।

अमेरिकाले सार्वजनिक गरेकाे तथ्यांकअनुसार पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष ४ लाख नाघेको छ।

मानिसहरु विभिन्न माध्यम हुँदै अमेरिकासँग सीमान जोडिएका देशमा पुग्छन्। र, त्यहाँबाट महिनाैँ पैदल हिँडेर अमेरिका पुग्ने गर्छन्। त्यसक्रमा मानिसहरुले अनेकौँ चुनौतीहरु पार गर्नुपर्छ। ती अनेकौँ चुनौतीहरु देखाउने गरी रोयर्टसका फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ :

प्रकाशित मिति: : 2023-09-29 14:14:00

प्रतिकृया दिनुहोस्