सायम कलेजको आन्तरिक कार्यक्रमअन्तर्गत गरिँदै आएकाे सायम प्रिमियर लिग (एसपिएल) मंसिर अन्तिम सातामा हुने भएकाे छ।
एसपिएलकाे लागि कलेजले चौंथो संस्करणका लागि अक्सन शुक्रबार सम्पन्न गरेकाे छ। कुल ४ टोली रहेकाे साे प्रतियोगितामा कलेजमा अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन्। प्रतियोगितामा सायम ब्लास्टर्स, सायम सिक्सर्स, सायम सुपर किङ्स र सायम च्यालेन्जर्स सहभागिता रहनेछन्।
सायम ब्लास्टर्स टिमकाे कप्तानी आशिष झाले गर्ने छन्। सायम सिक्सर्समा आदित्य झ कप्तान छन्, भने सुपर किङ्समा दिनेश बोहोरा र सायम च्यालेन्जर्सकाे कप्तानी अनुरुद दासले गर्ने छन्।
उक्त अक्सनको सर्वाधिक महंगा खेलाडी पुरषोत्तम मलिक रहेका छन्। उनलाई ३८००० मा सायम ब्लास्टर्सले खरिद गरेको छ।
एसपिएलको पहिलो र तेस्रो संस्करण सायम च्यालेन्चर्स्ले जितेको थियो। भने, दोस्रो संस्करण सायम सिकसर्सले जितेको थियो। चौंथो संस्करणकाे सबै खेल कीर्तिपुरस्थित ल्याब्रोटोरी माध्यामिक विधालयको खेल मैदानमा हुनेछ।