संसार झल्काउने केही तस्बिरहरू

तस्बिरहरू : रोयटर्स
तस्बिरहरू : रोयटर्स

भनिन्छ, ‘एउटा तस्बिरले हजार शब्दको समाचारलाई उछिन्ने गर्छ।’ एउटै तस्बिरले पनि हजार शब्द बाेल्छ। यस्तैयस्तै तस्बिरहरूलाई समेटेर संसारभर छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गत हप्ता आफ्नो क्यामेरामा कैद गरेका छन्।

प्रस्तुत छ, तिनै तस्बिरहरुमध्ये सम्पादकको छनौटमा परेका केही उत्कृष्ट तस्बिरहरु:

१. प्रशान्त महासागरमा पौडिँदै गरेको 'डम्बो अक्टोपस' काे महासागर अन्वेषण ट्रस्टले लिएको फोटो

२. पेरिस फेशन सप्ताहमा एक मोडल महिलाहरुले प्रयोग गर्ने पोशाक प्रदर्शन गर्दै पेरिस फ्रान्समा

३. ओबरगोम्स, स्विट्जरल्याण्डको रोन ग्लेशियरमा रहेको बरफलाई ढिलो पग्लने उद्देश्यले फ्लीस कपडाले छोपेर रखिएको छ।

४. बेलायतको ड्ररिज बेमा शरद ऋतुको स्वागत गर्न आयोजना गरिएको वार्षिक उत्तर पूर्व स्किनीमा सहभागी हुँदै प्रतियोगीहरु

५. चीनको हाङ्जाओमा भइरहेको एसियाली खेलकुदमा पुरुष उसु फाइनलमा चीनका चाङ झिझाओ आफ्नो कौशल प्रदर्शन गर्दै

६. स्पेनमा बार्सिलोनाको ला मर्सेलाई चिनाउन बार्सिलोनाटा समुन्द्र तटमा आकाश उज्यालो पार्न प्रयोग गरिएको दुई सय ड्रोनहरू हेर्दै स्थानीय र पर्यटकहरू

७. बैंकक, थाइल्याण्डको बेन्चाकिट्टी फरेस्ट पार्कमा वर्षापछि वाटर लिली पातको शीर्षमा जमेको पानी

८. स्विट्जरल्याण्डको मार्टिग्नीमा रहेको ब्यारी फाउन्डेसनको नर्सरीमा सेन्ट बर्नार्ड जातका कुकुरहरू खाना खाँदै

९. सान पेड्रो गार्जा गार्सिया, न्यूभो लियोन, मेक्सिकोमा पारिवारिक पिकनिकमा ट्याको र एन्चिलाडास खाँदै कालो भालु

१०. बेलायतका प्रधानमन्त्रीको आबास टेन डाउनिङ्ग स्ट्रिटको अगाडि खेल्दै एक लोखर्के

११. लन्डन, बेलायतमा वार्षिक लन्डन भेडा ड्राइभको समयमा मानिसहरू भेडाहरुलाई अभिवादन गर्दै

१२. कान्सास सिटी, मिसौरी अमेरिकाको एरोहेड स्टेडियममा खेल हेर्दै चर्चित गायिका तथा अभिनेत्री टेलर स्विफ्ट

१३. इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीको भेषभुषामा सजिएर फोटो खिच्न पोज दिँदै दुई बालिका काठमाडौँ, नेपालमा

१४. इलियास आँधीले ग्रीसको अग्रिया गाउँमा एकआपसमा ठोक्किर समुन्द्रमा डुबेको एउटा कार

१५. गणेश चतुर्थीमा पूजा गरेको गणेशको मूर्तिलाई बिसर्जन गर्दै भक्तजनहरु अहमदाबाद भारतमा

प्रकाशित मिति: : 2023-09-30 14:41:00

प्रतिकृया दिनुहोस्