एसियाली खेलकुदमा नेपाल: महिला भलिबलमा नेपाल भियतनामसँग पराजित

चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला भलिबालमा भियतानमले नेपालाई पराजित गरेको छ।

शनिबार भएको खेलमा  भियतनामसँग नेपाल ३-० को सोझो सेटमा पराजित भयो। पहिलो सेटमै भियतनामले नेपाललाई २५-४ ले पराजय गरेको थियो। दोस्रो सेटमा नेपाल १६-२५ अंकको अन्तरले पराजित हुन पुग्यो।

यता, तेस्रो सेटमा भियतनामसँग नेपाल २५-१३ ले पराजित हुन पुग्यो। नेपालले समूह चरणको अन्तिम  खेल सोमबार दक्षिण कोरियासँग खेल्दैछ।

प्रकाशित मिति: : 2023-09-30 13:34:00

प्रतिकृया दिनुहोस्