ग्राहकहरूको मन–मस्तिष्कमा बस्न सफल ‘आर्याज फेसन एन्ड बुटिक’ (भिडियोसहित)

फेसनको क्षेत्रमा आफूलाई चिनाउन सफल भएकी सीता माेक्तान रिजाल अहिले एक सफल व्यवसायीको रुपमा परिचित छिन्। 

मुलपानीस्थित पिपलबोटमा उनले आफ्नाे ‘आर्याज फेस न एन्ड बुटिक’ नाम व्यवसाय सञ्चालन गरिरहेकी छिन्। उनले त्यहाँ कपडा मात्र बेच्दिनन्, आफैंले डिजाइन पनि निकाल्छिन्। 

उनले डिजाइन गरेका कपडाहरू नेपालमा मात्र नभई अस्ट्रेलिया पनि पुग्ने गरेकाे छ। थरिथरिका साडी, लेहेङगा, गाउनलगायत कुर्था सुरूवाल पाइने उनकाे पसल ‘पास्नी सेट’ काे कारण चर्चा छ। 

‘हाम्रो पसलमा सबै किसिमको कपडाहरू पाइन्छ तर यहाँको खासियत भनेकै पास्नी सेट हो। यहाँ बुबाआमादेखि बेबीको लागि स्पेशल सेट बनाइन्छ’, उनले भनिन्, ‘सबै बुटिकमा पास्नी सेट पाइदैन तर हामीकहाँ सबै वर्गका कपडाहरू मज्जाले पाइन्छ। जसलाई हामी आफैंले बनाएका हुन्छौं।’ 

ग्राहकहरूकाे मन–मष्तिकमा बस्न सफल आर्याजमा बनाइएका कपडाहरू किन्नकै लागि न्यूराेडका व्यापारीदेखि उपत्यका बाहिरबाट पनि ग्राहकहरू ध्याउने गर्छन्।  

७ वर्ष कपडाकाे व्यापार गर्दै आइरहेकी सीताकाे पसलमा कपडा मात्र हाेइन सुर्के थैली पनि पाइन्छ। जसलाई किन्नका लागि व्यापारी र ग्राहकहरूबीच तछाडमछाड नै हुन्छ। 

‘यहाँबाट लगेका कपडाहरूलाई व्यापारी र ग्राहकहरूले नै मनपराइदिनु भएको छ। त्यसैले उहाँहरूको सन्तृष्टि नै मेरो खुसी हो’, ग्राहकहरूलाई धन्यवाद दिँदै उनले भनिन्। 

सुरुवाती दिनहरूमा सानो पसलबाट कपडा बेच्न थालेकी उनले अहिले सोही व्यवसायलाई निकै अगाडि बढाइसकेकी छिन्। उनले त्यहीँ पसलमा ५ जनालाई राेजगार दिएर राखेकी छिन्।

‘सर्वप्रथम ग्राहकहरूको मन जित्नु हाम्राे लागि ठुलाे कुराे हाे। त्यहीकारण मैले कपडा सिलाउने मास्टरहरू पनि राखेकी छु। एक्लैले कपडा सिलाएर भ्याउदिनँ’, सीताले बताइन्। 

आर्याज फेसनमा आकर्षक डिजाइन कपडाहरू पाइने  सरिता मोक्तान बताउँछिन्। दिदीको पसल सम्हाल्दै आइरहेकी उनी भन्छिन्, ‘यहाँ ग्राहकहरूले खाेज्नुभएकाे सबै किसिम कपडाहरू पाइन्छ। एक पसल आउनुभएकाे ग्राहकहरू फर्किएर जानुपर्दैन।’ 

सानादेखि ठुला सबैका लागि कपडा पाइने आर्याजमा ग्राहकहरूले धेरै गाउन, साडी, लेहेङगा र पास्नी सेट रूचाउने गरेकाे उनकाे भनाइ छ।

‘यहाँको कपडा हामी आफैंले बनाउने भएकोले मूल्य सहज र क्वालिटी उच्च छ। त्यहीकारण यहाँ बनाइएका कपडाहरू ग्राहकहरूले मनपराइदिनु भएको छ’, उनी भन्छिन्, ‘एकपटक पसल आउनुभएका ग्राहकहरू पुन: दाेहाेर्याएर आइरहनुहुन्छ।’

आर्याज फेसन एन्ड बुटिकबारे के भन्छन् ग्राहक?

आर्याज फेसनलाई मुलपानी क्षेत्रको उत्कृष्ट पसल मान्छिन्, एलिजा श्रेष्ठ। विगत तीन वर्षदेखि आर्याज ध्याइरहेकी उनी भन्छिन्, ‘मलाई सबथोक यहीँ पसलको मनपर्छ।’ उनका अनुसार आर्याजमा बनाइएको कपडा गुणस्तरीय छ। कुनै खोट छैन। 

‘अधिकांश कपडा पसलेहरू रिसाउने र झर्किने स्वभावका हुन्छन् तर सीता जी त्यस्तो हुनुहुन्न। मलाई उहाँको बाेलीचाली र कपडा नै मनपर्छ’, उनले बताइन्। 

तीन वर्षदेखि आफूलगायत परिवारलाई चाहिने कपडा आर्याजमा किनिरहेकी उनी अन्य ग्राहकहरूलाई पनि मुलपानी पिपलबोटमा रहेको आर्याज फेसनमा घुम्न आउन आग्रह गर्छिन्। 

गुणस्तरीय कपडाको खोजी गर्दै आर्याज फेसन पुगेकी थिइन्, सभिसा घोरसाइने। 

पहिलो पटक पसल पुगेकी उनी खुसी भइन्, जब उनले आफूले खोजेको जस्तो कपडा आर्याजमा भेटाइन्।

‘म धेरै कपडा पसलहरू डुलेँ तर आफूले सोचेजस्तो कहीँ पाइनँ’, एक वर्षअघिको कुरा सम्झदै उनले भनिन्, ‘मुलपानीको आर्याजमा पुगेपछि मैले खोजे जस्तो कपडा पाएँ, म खुसी भएँ।’ 

आफूलाई चाहिने  कपडा किन्न सधैं आर्याज पुग्ने उनी गुणस्तीय कपडाको खोजीमा रहेका ग्राहकहरूलाई भन्न चाहन्छिन्, ‘एकपटक आर्याज फेसन एन्ड बुटिकमा आउनुहोस्। तपाईंहरूले खोजेको र रोजको कपडा पाउनु हुनेछ।’ 


(मुलपानीको पिपलबोट नजिक सञ्चालन भइरहेको आर्याज फेसन एन्ड बुटिकमा बनाइएका आकर्षक कपडाहरू किन्नका लागि ग्राहकहरूले विभिन्न नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ–९८५११०२३९७, ९८६२७०२०३७)

प्रकाशित मिति: : 2023-10-01 18:45:00

प्रतिकृया दिनुहोस्