एसियाड खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

चीनमा जारी १९औँ एसियाली खेलकुद एसियाड खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएका छन्। टोली सोमबार नेपाल फर्किएका हुन्। 

महिला फुटबल अन्तर्गत नेपाली टोली समूह चरणबाटै बाहिरियाे। समूह चरण अन्तर्गतको पहिलो खेलमा भियतानमसँग २–० ले पराजय भएको नेपाले दोस्रो खेलमा विश्वकप समेत खेलिसकेको जापानसँग ८–० ले पराजित भयो। 

यता, तेस्रो खेलमा बंगलादेशसँग १–१ को बराबरीपछि नेपाल एसियाडबाट बाहिरिएको थियो।
 

प्रकाशित मिति: : 2023-10-02 14:26:00

प्रतिकृया दिनुहोस्