नेकपा एमालेकी सांसद ईश्वरी जीएमले राेल्पामा कर्मचारी अभाव भएकाे बताएकी छिन्। मंगलबार संसदमा बाेल्दै उनले घर्तीगाउँमा रहेको ईलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव भएकाे बताइन्।
जसका कारण नागरिक नागरिकता बनाउन सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेकाे उनकाे गुनासाे छ।
यस्तै सांसद जीएमले रोल्पामा जिल्ला कारागार , जिल्ला प्रशासन, गाँउपालिकाहरुमा पनि दरबन्दी अनुसार अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बताइन्।
उनले सिंहदरबारमा काम नपाएर बसेका कर्मचारीहरूलाई राेल्पा पठाउन अाग्रह गरिन्। ´हामि देखिरहेका छौ, सिंहदरबार भित्र कर्मचारीहरुको संख्या दरबन्दी भन्दा बढि भएर बस्ने कार्यकक्ष नै नपाउँदा महिनौँ/ बर्षौसम्म हाजिर मात्र लगाएर घर फर्किरहेको यथार्थता पनि छ, 'उनले भनिन्, `जिल्लाहरुमा कर्मचारी हाहाकार तर सिंहदरबारमा फालाफाल त्यस्तो पनि हुन्छ? त्यसैले रोल्पालगायत सबै जिल्लामा दरबन्दी अनुसार कर्मचारी यथासिघ्र खटाउन सरकारको गम्भीर ध्यानकर्षण गराउँदछु।'
भिडियाे-