चीनको हान्झाउमा जारी एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण भारतले जितेको छ।
वर्षाका कारण आइसिसी टी-२० अन्तर्राष्ट्रिय वरियताका आधारमा भारत विजयी हुँदै स्वर्ण पदक जितेको हो। वरियातको आधारमा भारतभन्दा पछि रहेको अफगास्तिानले रजत पदकमा चित बुझाएको छ।प्रतियोगितामा भारतले नेपाललाई क्वाटरफाइनलमा तथा बङ्लादेशलाई सेमिफाइनलमा हराएको थियो भने अफगानिस्तानले क्वाटरफाइनलमा श्रीलंका र सेमिफाइनलमा पाकिस्तानलाई हराएको थियो।
भारतको महिला टोलीले पनि क्रिकेटमा स्वर्ण पदक जितिसकेको छ।