अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतको विजयी सुरुवात

भारतमा जारी एकदिवसीय विश्‍वकप क्रिकेटमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेकाे छ।

अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य भारतले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। भारतका लागि विराट कोहलीले ८५ रन बनाए। केएल राहुल ९७ रनमा अविजित रहे। पहिलो २ रन बनाउँदै तीन ब्याट्सम्यान गुमाएकाे भारत खेलकाे शुरुआतमा दबाबमा आएको थियो।

भारतका इशान किशन, रोहित शर्मा र श्रेयस अय्यर डकआउट भएका थिए।

उता, टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा १९९ रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन बनाएका थिए भने डेभिड वार्नरले ४१ रन बनाए । 

अस्ट्रेलियाका लागि जश हेजलवूडले ३ तथा मिचेल स्टार्कले १ विकेट लिए भने भारतका रविन्द्र जडेजाले ३, जसप्रित बुमराह र कूलदीप यादवले समान २–२ विकेट लिएका थिए। हार्दिक पान्ड्या, रविचन्द्रन अश्‍विन र मोहम्मद सिराजले १–१ विकेट लिए।

प्रकाशित मिति: : 2023-10-08 22:29:00

प्रतिकृया दिनुहोस्