काभा पुरुष भलिबल च्यालेन्ज कप अन्तर्गत नेपाल र बंगलादेश आज भिड्दै छन्।
श्रींलकामा आजबाट सुरु हुने सो प्रतियोगितामा नेपालले आज बंगालदेशसँग खेल्दै च्यालेन्ज कपको यात्रा सुरु गर्नेछ। खेल नेपाली समय अनुसा् बेलुका ६:३० बजेबाट सुरु हुँदैछ। च्यालेन्ज कप खेल्न नेपाली टोली आइतबार श्रींलका प्रस्थान गरेका थिए।
नेपालले आफनो दोस्रो खेल मंगलबार आयोजक राष्ट्र श्रीलंकासँग खेल्ने छ भने बुधबार अफगानिस्तानसँग खेल्ने छ। त्यस्तै, नेपाल र साउदी अरेबियाबीच खेल बिहिबार हुँदैछ शुक्रबार नेपाल र उज्वेकिस्तानसँग खेल्ने छन्।
अक्टोबर ९ देखि आयोजना हुने उक्त प्रतियोगिता अक्टोबर १५ सम्म हुनेछ।