एएफसी फुटसल एसिया कप छनोट अन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा भियतनामसँग पराजित भएको छ।
सोमबार मंगोलियाको उलानबाटरस्थित ब्यन्त उखा स्पोर्टस प्यालेसमा भएको खेलमा भियतनामले नेपाललाई ५-० ले हराएको हो। यसअघि नेपाल पहिलो खेलमा दक्षिण कोरियासँग ५–१ ले पराजय भएको थियो।
नेपालले बुधबार समूह चरणको अन्तिम खेल मंगोलियसँग खेल्दै छ। समूह डी मा नेपाल सहित मंगोलिया, दक्षिण कोरिया र भियतनाम रहेका छन्।