काभा भलिबल: नेपाल श्रीलंकासँङ पराजित

काभा पुरुष भलिबल च्यालेन्ज कप अन्तर्गत नेपाल श्रीलंकासँङ पराजित भएकाे छ। 

साेमबार कोलम्बाेमा भएकाे खेलमा नेपाल  श्रीलंकासँङ ३-० काे सोझो  सेटमा पराजित भयाे। 

पहिलो सेट २५-२४ गुमाएकाे नेपाल दोश्रो सेटमा २५-११ले पराजय भयाे। तेस्रो सेटमा नेपाल २५-१६ले पराजित भयाे। पहिलाे खेलमा नेपालले बंगलादेशलाई ३-० काे सोझो सेटमा पराजित गरेकाे थियाे।

नेपालले बुधबार अफगानिस्तानसँग खेल्ने छ। त्यस्तै, नेपाल र साउदी अरेबियाबीच खेल बिहिबार हुँदैछ, शुक्रबार नेपाल र उज्वेकिस्तानसँग खेल्ने छन्।

अक्टोबर ९ देखि आयोजना हुने उक्त प्रतियोगिता अक्टोबर १५ सम्म हुनेछ।

प्रकाशित मिति: : 2023-10-10 19:38:00

प्रतिकृया दिनुहोस्