काभा पुरुष भलिबल च्यालेन्ज कप अन्तर्गत नेपालले अफगानिस्तानमाथि सानदार जित हात पारेको छ।
बुधबार भएको खेलमा नेपालले अफगास्तिानलाई ३- २ को सेटमा पराजित गरेर दोस्रो जित हात पारेको छ। पहिलो सेट नेपालले २५-१९ ले आफनो पक्षमा ल्याएको थियो भने दोस्रो सेटमा नेपाल १९-२५ ले पछि परेको थियो। त्यस्तै, तेस्रो सेट पनि नेपालले २२- २५ ले गुमाएको थियो।
यता, नेपालले चौथो सेटमा २५-२१ र पाँचौ सेटमा १५-१० आफनो पक्षमा ल्याउँदै जित हात पारेको हो। पहिलो खेलमा नेपालले बंगालदेशलाई ३- १ को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा श्रींलका ३–० ले पराजित भएको थियो।
नेपालले शुक्रबार साउदी अरेबिया र शनिबार उज्वेकिस्तानसँग खेल्नेछ।