क्रिकेटर सन्दीप लामिछानेले अबका प्रतियाेगिता नखेल्ने घाेषणा गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारी मनले मैले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको छु।’
उनले अहिले आफू जीवनकाे कठिन र चुनाैतीपूर्ण समयबाट ग्रुजिरहेकाे र आफूलाई पुनर्जीवित गर्न पारिवारिक समय चाहिएकाे बताएका छन्।
‘अहिलेसम्म प्राप्त भएका सबै आशीर्वाद र शुभकामनाका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। जबसम्म हामी फेरि भेट्दैनौं,’ सन्दीपले लेखेका छन्।