विश्वकप क्रिकेट: पाकिस्तानमाथि भारतको सानदार जित

आईसीसी विश्वकप क्रिकेटमा  पाकिस्तान भारतसङ पराजित भएकाे छ।

भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो। पाकिस्तानले दिएकाे १९२ रनकाे लक्ष्य पछाएकाे भारतले ३० दशमलव ३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। भारतका लागि कप्तान राेहित शर्माले ८६ रनको सानदार अर्धशतकीय इनिङ्स खेले।

श्रेयस एयरले अविजित ५३ रन बनाएर खेले भने  सुभमन गिल र विराट कोहलीले समान १६ रन बनाए । केएल राहुल १९ रनमा अविजित रहे।  पाकिस्तानका साहिन साह अफ्रिदीले २ तथा हसन अलीले १ विकेट लिए।

तेसअघि शनिबार अहमदावादस्थित नरेन्द्र माेदी स्टेडिममा टस हारेर पहिले ब्याटिङ गरेकाे पाकिस्तान ४२.५ ओभरमा १ सय ९१ रन बनाएर अल आउट भयाे।

पाकिस्तानका कप्तान बाबर अजामले अर्धशतक प्रहार गरे। उनी ५८ बलमा ५० रन बनाएर आउट भए।

त्यस्तै मोहम्मद रिजावनले ६९ बलमा ४९ रन बनाएर पेभिलियन फर्किए। बाबर र रिजावनले ८२ रनको साझदारी गरेका थिए।

पाकिस्तानका ओपनर इमाम उल हकले ३८ बलमा ३६ रनमा आउट भए। भने, अब्दूल्लाह शफिक एलबीडब्लू आउट भए। त्यस्तै साउद शकील ६ रन बनाएर आउट हुने पुगे। भने, इफ्तिखार अहमद ४ रनमा बोल्ड आउट हुन पुगे। पाकिस्तानका शादहाब खान ५ बलमा २ रन बनाएर पेभिलियन फर्किए।

त्यस्तै मोहम्मद नवाज १४ बलमा ४ रन बनाएर आउट भए। भने, हसन अलि १२ बलमा १९ रन बनाएर आउट भएर पेभिलिय फर्किए।

त्यस्तै पाकिस्तानका हरिफ राउफ २ रन बनाएर आउट भए।

भारतका मोहम्मद सिराज, हार्दिक पाण्डे, जसप्रित बुमराह, रवीन्द्र जगजेडा र कुददीप यादवले समान दुई-दुई विकेट लिए।

प्रकाशित मिति: : 2023-10-14 21:09:00

प्रतिकृया दिनुहोस्