बजेट समानुपातिक रुपमै वडामा गएकाे छ, मेयर कठायत

जुम्लाकाे चन्दननाथ नगरपालिकाले बजेट बाँडफाँडमा मेयर उपमेयरले मनपरी गरेकाे भन्ने वडाध्यक्षहरुकाे आराेपमा कुनै सत्यता नरहेकाे मेयर राजुसिंह कठायतले बताए।

शनिबार बिहान पत्रकार सम्मेलन मार्फत वडाध्यक्षहरु बजेटका विषयमा उत्पन्न गरेकाे जटिलतालाई मेयर उपमेयरले स्पष्ट पारेका हुन। 

'बजेट नियम संगत र सबैकाे सहमतिमा बाँडफाँड भएकाे छ। केही वडाध्यक्षहरु पूर्वाग्राहि देखिनु भयाे,' मेयर  कठायलतले भने,'सधै सहकार्य र सहमतिमा कामहरु भइरहेका छन्। बजेट पनि प्रत्यक वडामा १६ लाखका हिसाबले विनियाेजन गरिएकाे छ।' 

उनका अनुसार स्राेत सिमित हुँदा अपेक्षित बजेट नपाउनु स्वभाविक पनि छ। तर भैपरीका लागि माैज्दात राखिएकाे ८६/८७ लाखमै वडाध्यक्षहरुकाे राेष देखियाे। त्याे नगरकै खातामा छ। कसैकाे कब्जामा छैन।

गत वर्ष प्रत्येक वडामा ३०/३५ लाख विनियाेजन गरेर पनि खासै उपलब्धि नभएकाे उपमेयर रामदेवी खड्माफे बताइन्। 

'म अनुगमन समितिकाे संयाेजक हुँ। वडाले बजेट कसरी बाँडे भन्ने कुराकाे एकएक जानकारी छ,' उनले भनिन्, 'पचास हजारका याेजना हालेर कनिका छरेका पनि देखियाे। त्यसले नजरकाे विकास कसरी हाेला?'

उनका अनुसार केही वडाध्यक्षले सरकारी बजेटबाट अनुचित लाभ समेत लिएका छन्। आफ्ना उपलब्धी नदेखाउने सहमति सहकार्य हुँदा पनि नगरलाई बिवादित बनाउने प्रयास भएकाे छ। 

मेयर उपमेयर र सबै वडा अध्यक्षहरुकाे लक्ष्य समृद्द चन्दननाथ बनाउने हहुनुपर्ने उनका भनाई छ। उनले भनिन्, 'सिमित स्राेत र असिमीत आवश्यकता हाम्रा चुनाैती हुन्। सबैकाे सहकार्य बिना समृद्द नगर पनि बन्दैन्। सबै मिलेर जानुकाे विकल्प छैन्।'

चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ का लागि ५५ कराेड १० लाख ८० लाख विनियाेजन गरेकाे थियाे। जसमा १० वटै वडालाई १६ लाखका दरले बाँडफाँड गरियाे। 

चन्दननाथ  वडा नम्बर -५ का वडाध्यक्ष बिर्खबहादुर कार्की,  वडा नं. ७ का गणेशबहादुर महत, ९ का भिमबहादुर रावत र १० नम्बर वडाध्यक्ष नवराज शाहीले संयुक्त अपिल सार्वजनिक गर्दै वडालाई न्यायाेचित बजेट नभएकाे मेयर उपमेयरकाे कब्जा रहेकाे भन्दै विराेध जनाएका थिए।

शनिबार मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले पत्रकार सम्मेलन गरेर बजेट नियम संगतनै बाँडफाँड भएकाे, यसमा कुनै तलमाथि नभएकाे प्रष्ट पारेका हुन्। 

चन्दननाथ नगरपालिकालाई सफा, सुरक्षित तथा व्यवस्थित बनाउन लागि परेकाे मेयर कठायतकाे भनाई छ। उनले भने, 'केबुलकारकाे डिपिआर देखि सिसिक्यामरा जडानकाे प्रक्रिया थालनी भइरहेकाे छ।'

अतिक्रमणकाे चपेटामा परेकाे जुगाडखाेलाकाे नक्साङकन गर्ने कार्य समेत चलिरहेकाे छ। आफूहरू निर्वाचित भएर आइसकेपछि चन्दननाथलाई विकास, सेवा प्रवाह र सिस्टम बसाल्ने कार्यकाे थालनी भएकाे मेयर उपमेयरकाे दाबी छ।
 
'सुरक्षित नगरका लागि सिसिटिभी क्यामरा जडानका लागि ३० लाखकाे डिपीआर सम्पन्न भएकाे र छिट्टै जडान हुँदै छ,' मेयर कठायतले भने।

चन्दननाथकाे विकास र समृद्धिका लागि नागरिककाकाे चेतनास्तर बढाउन जरुरी रहेकाे बताउँदै भाैतिक विकास मात्रै सर्वेसर्वा ठान्ने चिन्तन बदल्नुपर्ने उपमेयर खड्काले बताइन्।

'सामाजिक विकास बिना मानसिकता फेरिदैन। समाज रुपान्तरण हुँदैन,' उनले भनिन्, 'त्यसैले पनि मेराे कार्यकालमा सामाजिक विकासका कार्यक्रमलाई प्रथामिकता दिनेछु।'

निर्वाचित भएलगत्तै आफ्नाे सेवासुविधा नलिने र साे रकम गरिब विपन्न नागरिकाे शिक्षा स्वास्थ्य सुधारका लागि खर्चिने घाेषणा गरेकी खड्काले कार्यविधि बनाएर व्यवस्थित रुपमा कार्यक्रम चलाउन लागिएकाे बताइन्।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्याैपानेले कर्मचारी संयन्त्रलाई चुस्तदुस्त बनाइने बताए। 

'नगरपालिकालाई सेवाग्राही मैत्रीदेखि प्रविधिमैत्री बनाउने प्रयासमा छु। आफ्नै जिल्ला भएकाेले पनि केही नमुना काम गर्ने पक्षमा छु,' उनले भने, 'आएकाे एक साता भएकाे छ। एक साताकाे अवधिमा सामाजिक सुरक्षा भत्ता बैंकमार्फत ईएफटी सिस्टमबाट हाल्ने व्यवस्था गरिएकाे छ।'

उनका अनुसार अन्य कार्यगत सुधार, समयमै नियमित कार्यालय आउने नआउने लगायतका विषयमा याेजनाबद्द रुपमा अघि बढ्न खाेजिएकाे छ।

प्रकाशित मिति: : 2023-10-14 21:58:00

प्रतिकृया दिनुहोस्