त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सो शृंखलाको लागि १८ सदस्य टोलीको घोषणा गरेको छ। यही कार्तिक १ गतेदेखि १० गतेसम्म नेपालमा आयोजना हुने प्रतियोगितमा नेपाल, यूएई र हङकङबीच प्रतिस्पर्धा हुने छ।
यो प्रतियोगिताको टी-२० एसिया विश्वकप छनोटको तयारीस्वरुप आयोजना गर्न लागेको हो।
यस्तो छ नेपाली टोली
रोहित पौडेलको (कप्तान), सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी ,आसिफ शेख, न्गुल्सन झा, विवेक यादव र अविनाश बोहाेरा।