अञ्जन विष्टलाई कीर्तिमान तोड्ने अवसर

फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणको लेगमा नेपालले मंगलबार लाओसविरुद्ध खेल्ने भएकाे छ।

दोस्रो लेगको खेलमा उत्रिँदा स्ट्राइकर अञ्जन विष्ट नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने अवसर रहने छ।

गत बिहीबार भएको पहिलो विश्वकप छनोटअन्तर्गत लाओसविरुद्ध नै उनले गोल गर्दै नेपालका लागि कीर्तिमान बराबरी गरेका थिए।

अञ्जनभन्दा अघि नेपालका हरि खड्का र निराजन रायमाझीले १३ गोल गरेका थिए। तर, अञ्जनले गत बिहीबार यी दुवै खेलाडीसँगै नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा आफ्नो नाम दर्ता गरे।

त्यस्तै अञ्जनले मगंलबार लाओसविरुद्ध एक मात्र गोल गर्न सके भने उनी १४ अन्तर्राष्ट्रिय गोलसहित नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन्।

सन् २०१४ मा फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा उनले सिनियर टोलीमा डेब्यु गरेका थिए।

प्रकाशित मिति: : 2023-10-16 15:55:00

प्रतिकृया दिनुहोस्