रामेछाप कपको उपाधि धादिङलाई

नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति रामेछापले आयोजना गरेको नेविसङ्घ कप–२०८० को उपाधि धादिङले जितेको छ।

बागमती प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा धादिङले रामेछापलाई २२–२५, २५–२२, २५–१४, २३–२५ र १५–१२ ले जितेको हो।

तृतीय स्थानका लागि ललितपुर र नुवाकोटबीच भएको खेलमा नुवाकोटले ललितपुरलाई २५–१७, २५–१७, २५–२५ ले जिती ललितपुर तेस्रो भएको छ।

आइतबारदेखि मन्थलीमा सुरु भएको उक्त खेलमा बागमती प्रदेशका १० जिल्लाका खेलाडीको सहभागिता रहेको थियो। तीन दिनसम्म चलेको उक्त खेलको उद्घाटन बागमती प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले गरेका थिए।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने खेलाडीलाई क्रमशः नगद रु दुई लाख, एक लाख ५० हजार, एक लाख र ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ।

प्रकाशित मिति: : 2023-10-17 19:38:00

प्रतिकृया दिनुहोस्