नेपाल फिफा विश्वकप एसियन छनोटको दोश्रो चरणमा प्रवेश गरेको छ।
मगलबार लाओसलाई १–०ले हराउदै एसियन छनोटको दोस्रो चरणमा प्रबेश गरेको हो। नेपालको लागि खेलको ५३ मिनेटमा अन्जन विष्टको पासलाई सदुपयोग गर्दै मनिष डाँगीले गोल गरे।
यसअघि काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।