सेन्सरको तिखो कैंचीविरुद्ध कलाकारलाई ओलीको साथ

बाह्रखरी

काठमाडौं

चलचित्र ‘जुलेबी’को रिलिज भोलिपल्ट थियो । निर्माण पक्षले त्यहीअनुसारको प्रचारप्रसार गरेको थियो । तर, सेन्सर बोर्डले अघिल्लो दिनसम्म रिलिज सर्टिफिकेट दिएको थिएन । निर्मातालाई कति हुन्छ होला तनाव ? 

पछिल्लो हप्ता सिनेमाको रिलिज थियो । सेन्सर बोर्डले ६ वटा सिन हटाउन निर्देशन थियो । रगतका दृश्य श्यामस्वेत बनाउनू भन्यो । हटाउनु कि नहटाउनु ? हटाए सिनेमाको कथा नै मर्ला भन्ने डर, नहटाउँ रिलिज सर्टिफिकेट नपाउने निश्चित छ । हटाउँनै पर्‍यो । ‘परस्त्री’ निर्माण पक्षले हटायो । निर्माता र निर्देशकको मन कति दुख्छ होला ?

सिनेमा रिलिजको संघारमा छ । प्रचारको चटारो छ । तर, चलचित्र विकास बोर्डले ‘एक भगवत एक गीता’लाई सेन्सरका लागि सिफारिस नै गर्दैन । कस्तो होला एक वर्ष खर्चिएर अढाई करोड लगानी गरेको चलचित्रको निर्मातालाई ? यी त भए केही प्रतिनिधि सिनेमाको उदाहरण जसले सेन्सरका लागि तनाव झेल्नु पर्‍यो । यस्ता थुप्रै चलचित्र छन्, जसले सेन्सरको तिखो कैंचीको सामना गर्नु परेको छ । 

प्रकाशित मिति: : 2023-10-23 11:14:00

प्रतिकृया दिनुहोस्