कडा टक्कर दिएकाे युएईमाथि नेपालकाे सानदार जित

त्रिकोणात्मक टि– २० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार चाैंथाे जित हात पारेको छ।

काठमाडाैँस्थित मूलपानी क्रिकेट रंगशालामा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले लगातार चाैंथाे जित हात परेको हो। साेमबार युएईले दिएकाे १ सय ६५ रनकाे लक्ष्य नेपालले १९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे।

निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएकाे युएईले बलिङकाे सुरुवातीमा कडा टक्कर दिएकाे थियाे। उसले २.१ ओभरमा ३ विकेट लिएर नेपालमाथि उच्च दबाब थपिदिएकाे थियाे।

यद्यपि, त्यसपछि ब्याटिङ गरेका आशिफ शेख र कप्तान राेहितकुमार पाैडेलले नेपालकाे संकट टारे। त्यसक्रममा शेखले ६२ तथा पाैडेलले ४७ रन प्रहार गरे।

आशिफ आउट भएपछि क्रिजमा आएका सबैभन्दा छिटाे अर्धशतक प्रहार गरेर विश्व कीर्तिमानी कायम गरेका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४० रन प्रहार गरे। त्यस क्रममा उनले ६ चाैँका र १ छक्का प्रहार गरेका थिए।

त्यस्तै कप्तान राेहित आउट भएपछि क्रिजमा आएका गुल्सन झाले मात्र १ बल फेस गर्न पाए। उनले १ बलमा १ रन प्रहार गरेर दीपेन्द्रलाई अन्तिम बल प्रहार गर्न दिएका थिए।

कुशल मल्ल आज शून्य रनमा आउट भए। नजिकैकाे बल नहेरि आफिश शेख रन लिन दाैडिएपछि दाैडिएका उनी दुर्भाग्यवश आउट हुन पुगे।

युएईका माेहमद जवाहादुल्लाह २ तथा अकिफ राज र जाहुर खानले १/१ विकेट लिए।

त्यसअघि नेपालसामु १ सय ६५ रनकाे लक्ष्य प्रस्तुत गर्न युएईका वृत्यु अरबन्द र बसिल हमिदले ४५–४५ रन प्रहार गरे।

त्यस्तै यएईका कप्तान माेहमद वासिमले मात्र ८ रन बनाए।

जारी सिरिजमा अपराजित रहेकाे नेपालले कात्तिक १० गते त्रिवि मैदानमा फाइनल खेल खेल्नेछ।

प्रकाशित मिति: : 2023-10-23 14:37:00

प्रतिकृया दिनुहोस्