अबकाे लक्ष्य भारत र पाकिस्तानलाई जित्ने

photo : can
photo : can

‘अब हाम्राे लक्ष्य भारत र पाकिस्तानलाई टक्कर दिने हाे।’

१९ वर्षमुनिकाे नेपाली क्रिकेट टाेलीका कप्तान देब खनालले बिहीबार काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग भने।

त्रिकेट जगतमा भारत र पाकिस्तानलाई सर्वाेउत्कृष्ट मानिन्छ। उनै सर्वाेउत्कृष्ट टाेलीलाई टक्कर दिने आँट कसरी आयाे?

दसैँकाे दिन १९ वर्षमुनिकाे नेपाली क्रिकेट टाेली मलेसियमा च्याम्पियन बन्याे। अर्थात्, एसीसी यु- १९ प्रिमियर कपकाे उपाधि जित्याे।

आगामी डिसेम्बरमा पाकिस्तानमा हुने एसियाकाे छनाेटका लागि मलेसियामा भएका सबै खेल जित्दै च्याम्पियन बन्याे। अब नेपालले एसिया कपमा भारत र पाकिस्तानलगायत देशहरुकाे सामाना गर्नेछ। जहाँ उत्कृष्ट प्रदर्शन गर्दै भारत र पाकिस्तानजस्ता देशलाई पराजित गर्ने लक्ष्य रहेकाे कप्तान खनालले बताए।

मलेसियामा सम्पन्न एसीसी यु– १९ प्रिमियर कप खेलेर बिहीबार स्वदेश फर्किँदै गर्दा नेपाली टाेली त्याे आँटले भरिएकाे थियाे।

एसीसी यु- १९ प्रिमियर कप अक्टाेबर १२ देखि २४ सम्म चलेकाे थियाे। समूह ‘ए’मा रहेकाे नेपालले समूह चरणकाे खेलमा साउदी अरब, बहरानइन र इरानलाई सेमिफाइनलमा पुगेकाे थियाे। नेपालले सेमिफाइनलमा जापानलाई हराएर फाइनलमा युएईसँग  प्रतिस्पर्धा गरेकाे थियाे।

फाइनलमा नेपालले चिरप्रतिद्वन्द्धी युएईलाई १९ रनले पराजित गर्‍याे। नेपाल र युएईबीचकाे फाइनल खेल मंगलबार दसैँकाे दिन भएकाे थियाे। उक्त दिन नेपाली टाेली उपाधि जितेर विजया दशमीकाे खुसीयालीमा अर्काे खुसी थपिदिएकाे थियाे।

मलेसियमा उपाधि जितेर बिहीबार बिहान स्वदेश फिर्ता भएकाे टाेलीले जितकाे खुसी देशबासीहरुलाई बाँड्याे। ‘हामीले विश्वकप छनाेटमा पनि राम्राे परफर्मेन्स गरेका थियाैँ, त्याे जाेस अहिले पनि हामीमा थियाे। तर, अहिले मलेसियमा पानी परिरहेकाेले हामीमाथि चुनाैती थपियाे थियाे, हामीलाई खेल जित्नु थियाे, हाम्रा खेलाडीले सबै चुनाैतीहरु पार गरेर ट्रफी जिते। याे जितबाट हामी अत्यन्त खुसी छाैँ,’ प्रशिक्षक जगत टमटाले भने।

याे जितबाट नेपाली टाेली भारत र पाकिस्तानजस्ता देशहरुसँग खेल्न सक्षम छ भन्ने सन्देश दिएकाे उनकाे भनाइ छ। ‘याे जित आउने दिनहरुकाे लागि राम्राे संकेत हाे,’ टमटाले भने।

याे प्रतियाेगिता खेल्नुअघि नेपालले युएईमा विश्वकप क्वालिफायर खेलेकाे थियाे। त्यहाँ पनि उत्कृष्ट प्रदर्शन गरेकाेले यसपटक पनि च्याम्पियन हुन्छाैँ भन्ने मनस्थितिअनुसार खेलकाे कप्तान खनालले बताए। ‘एसिया कपमा क्वालिफायर हुने नै भनेर गएका थियौँ, भयाैँ,’ खनालले भने, ‘सबैको माइन्डसेट क्लियर थियो। विश्वकप क्वालियफायरपछि एसिया कपमा पनि क्वालियफायर हुन्छौँ भन्ने थियो। जे साेचेका थियाैँ त्यही भयाे।’

नेपाली टाेलीकाे लागि याे जित बिहानीकाे किरणजस्तै हाे। अब यही किरणलाई भारत र पाकिस्तानजस्ता देशहरुसँग खेलेर चम्काउनुपर्ने जिम्मेवारी नेपाली टाेलीकाे काँधमा छ। त्यसकाे लागि पनि तयार रहेकाे प्रशिक्षक टमटाले बताए।

‘अब हामी एसिया कप खेल्दैछौँ, जहाँ टेस्ट राष्टहरु भारत, पाकिस्तान छन्, उनीहरु हाम्राे लागि ठुलाे चुनाैती हुन्। हार जित त एउटा पाटो हो, तर हामी उनीहरुविरुद्ध राम्राे प्रदर्शन गर्ने याेजनामा छाैँ,’ उनले भने।

त्यस्तै कप्तान खनालले पनि एसिया कपमा राम्राे प्रदर्शन गर्ने बताए। ‘एसिया कपमा सबैभन्दा मुख्य कुरा भनेकाे हामीले राम्राे प्रदर्शन गर्नु हाे। त्यहाँ कसरी खेल्ने भन्ने याेजना क्यानले बनाएकाे छ। हामी त्यही प्लानअनुसार गर्छाैँ,’ कप्तान खनालले भने।

प्रकाशित मिति: : 2023-10-26 15:42:00

प्रतिकृया दिनुहोस्