EXCLUSIVE: तत्कालीन २ मन्त्री र ३ सचिव जोडिएको ३ अर्ब भ्रष्टाचारको अनुसन्धान अन्तिम चरणमा

लोकान्तर

अजय अनुरागी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स (दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि) प्रविधि खरिद प्रकरणमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतका अनुसार उक्त भ्रष्टाचार मुद्दामा तत्कालीन २ मन्त्री, ३ सचिवसहित उच्चपदस्थ कर्मचारी तथा पदाधिकारीविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको छ ।

'नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्समा झन्डै ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित छानबिन सम्पन्न हुन लागेको छ,' अख्तियार उच्च स्रोतले लोकान्तरसँग भन्यो, 'तत्कालीन सञ्चारमन्त्रीसमेत रहेका बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन सञ्चारमन्त्री एवम् वहालवाला सांसद ज्ञानेन्द्रबहादुर कार्कीसहित तत्कालीन दुई मन्त्रीलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्ने तयारी भएको छ ।'

प्रकाशित मिति: : 2023-11-06 12:30:00

प्रतिकृया दिनुहोस्