पर्यटकलाई सजिलो पार्न ‘गिडीदह किनार’मा पदमार्ग

जुम्लाको प्रसिद्ध ताल गिडीदह पुग्ने पर्यटकलाई अवलोकन गर्न सजिला हाेस भनी पद मार्न निर्माण गरिएको छ। 

तातोपानी गाउँपालिका–४ मा अवस्थित गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उदेश्यले प्रचारप्रसार थालिएको छ।

अप्ठेरो बाटाे, उचित बासस्थानको अभाव आदि कारणले गिडीदह अझै पनि पर्यटकीय गन्तव्य बन्न सकिरहेको छैन। तथापि भविष्यमा तमाम पर्यटक भित्र्याउन सकिने तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमर रोकायाले बताए।

'सुन्दर पाटनहरूको अवलोकन गर्दै गिडीदहकाे काखमा सयौं पर्यटक एकसाथ आनन्द लिइरहेको कल्पना गर्दैछौं,' उनले भने, 'त्यसका लागि हामीले पाइला चालेका छौं। विस्तारै हामी लक्ष्यमा पुग्नेछौं।'

यस अघि गिडीदह जाँदा हराउने, बाटाे बिराएर अलमल हुने लगायतका समस्याहरू थिए। दह किनारमा निर्मित धर्मशालादेखि ३५ सय मिटर बाटो निर्माण गरिएपछि सहज भएको वडाध्यक्ष रोकायाले बताए। 

'गाउँपालिकाले सहयोग गरेपछि स्थानीय युवाहरूले उपभोक्ता समिति बनाएर काम गरेका छन्,' उनले थपे, 'दस दिन लगातार काम गरेपछि पदमार्ग निर्माण भएको हो।'

उनका अनुसार स्थानीय कौरव पाण्डेको अध्यक्षतामा गिडीदह धर्मशाला देखि पाटनसम्म पदमार्ग निर्माण बनेको थियो।

गाउँपालिकाको आन्तरिक स्राेतबाट सात लाख २५ हजा विनियोजन भएपछि कार्तिक १६ देखि २६ सम्म निर्माण सम्पन्न गरिएको उपभोक्त समितिका अध्यक्ष कौरव पाण्डेले बताए।

'सयौं वर्ष केही सिमित मान्छेले मात्रै अवलोकन गरेको गिडीदह अब सबैले अवलोकन गर्नेछन्,' उनले भने, 'याे आकर्षक पर्यटकीय गन्तव्यका साथै साहसिक यात्रा पनि हुनेछ।'

प्रकाशित मिति: : 2023-11-14 21:42:00

प्रतिकृया दिनुहोस्