ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) पक्राउ परेका छन्।
धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा धनगढी–३ का असई रमेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले बताए।
पक्राउ परेका भण्डारीमाथि उजुरी दर्तापछि अनुसन्धान भइरहेको चन्दकाे भनाइ छ। सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुलामा कार्यरत उनले पोखरा तालिमको निम्ति पठाइएको समयमा ल्यापटप चोरेका थिए।
चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र लेखेर आवश्यक सहयोग गर्न आग्रह गरेको थियो।