अमेरिकामा नेपाली विद्यार्थीको संख्या १५ हजार ९०, ११औं स्थानमा नेपाल

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा पढ्ने नेपाली विद्यार्थीको संख्या १५ हजार ९० पुगेको छ। नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले बढेर यो कीर्तिमानी आँकडा छोएको हो।

यो संख्यासँगै अमेरिकामा शिक्षा लिइरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्याको आधारमा नेपाल ११औं स्थानमा उक्लेको छ। संख्या र स्थानका आधारमा यो नै नेपाली विद्यार्थीको सबैभन्दा ठूलो संख्या र उच्चतम स्थान हो।

यो तथ्याङ्क २०२३को ओपन डोर्स प्रतिवेदनमार्फत् सार्वजनिक भएको हो। यो प्रतिवेदन अमेरिकी सरकारको अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जसम्बन्धी आधिकारिक प्रतिवेदन हो।

पछिल्लो एक दशकमा अमेरिका पढ्न जाने विद्यार्थीको संख्या एक लाख १४ हजार आठ ७२ पुगेको तथ्याङ्क पनि ओपन डोर्सले सार्वजनिक गरेको छ । 

ओपन डोर्सका अनुसार अमेरिकामा सन् २०२३ मा १० लाख ५७ हजार एकसय ८८ अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिका रोजका छन्। यो संख्यासँगै अमेरिका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्य बन्न पुगेको छ।

अमेरिकामा अध्ययनरत धेरै नेपाली विद्यार्थीले मास्टर्स र पीएचडीका लागि गतिलै छात्रवृति पाउँदै भएकाले उत्तीर्ण प्रतिशत पनि उच्च रहेको छ । तर, चार वर्षे अन्डरग्राड प्रोग्रामका लागि भने पर्याप्त छात्रवृतिको अभावमा भनेजस्तो परिणाम आउन सकेको छैन। धेरैले बिचैमा पढाइ छोड्ने गरेको पाइन्छ ।

प्रकाशित मिति: : 2023-11-17 09:47:00

प्रतिकृया दिनुहोस्