नेपालले मगंलबार घरेलु मैदानमा फिफा विश्वकप अन्तर्गत एसियाली क्षेत्रको दोस्रो छनोट खेलमा यमनसँग प्रतिस्पर्धा गर्दैछ।
दशरथ रगंशालमा हुने उक्त खेल बेलुका ७ बजेबाट सुरु हुँदैछ।
एसियाली क्षेत्रको पहिलो छनोट खेलमा नेपालले घरेलु मैदानमा लाओसलाई पराजित गरेर दोस्रो चरणमा छनोट भएको थियो। घरेलु मैदानमा हुने यमनविरुद्धको खेल खेल्न टोली निकै उत्साहित रहेको नेपालका कप्तान किरण चेम्जोङले बताए।
'यमनविरुद्धको खेल घरेलु मैदानमै हुँदैछ। घरेलु मैदानमै खेल्न पाउँदा निकै गर्व लागेकाे छ', कप्तानले भने 'घरेलु मैदानमै हुन गइरहेको यमनविरुद्धको खेल खेल्न टोली एकदमै उत्साहित छ।'
नेपालले यसअघि एसियाली छनोटको पहिलो चरणको खेलमा घरेलु मैदानमा खेलेको थियो। जहाँ नेपालले लाओसविरुद्ध नतिजा आफ्नो पक्षमा पारेको थियो।
लाओसलाई पहिलो चरणमा पराजित गरेपछि नेपाल दोस्रो चरणको छनोट खेलमा पुगेको हो। नेपालले गत कार्तिक ३० गते युएईसँग उसैको घरेलु मैदानमा दोस्रो चरणको पहिलो छनोट खेल खेलेको थियो।
तर घरेलु टोली नेपाल युएई सँग ४- ० ले पराजय भयाे। पछिल्लो खेलहरुलाई भुलेर यमनविरुद्ध उत्कृष्ट प्रदर्शनी गर्ने नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस बताए।
'पछिल्लो खेलहरुमा हामीले केही गल्तीहरुको गरेका छौँ। युएईसँग उसकैको घरेलु मैदानमा हामी हार्न पुग्यौँ' प्रशिक्षक एनेस भन्छन्, 'तर हाम्रो यमनविरुद्धको मुख्य लक्ष्य भनेको नै अंक प्राप्त गर्नु हो त्यसका लागि हामी उत्कृष्ट प्रदर्शन गर्नेछौँ।'
यसअघि दोस्रो चरणको पहिलो खेलमा नेपाल र यमन दुवै पराजित भएका थिए। नेपाल युएईसँग ४-० तथा यमन बहराइनसँग २- ० ले पराजित भएको थियो।
यस अर्थ दुवै टोलीलाई भोलिको खेलमा जितको आवश्यक छ। यता, नेपालले भने घरेलु मैदानको भरपुर फाइदा उठाउँदै जित्ने अवसर रहेको छ।
'हामी युएईसँग उसको घरेलु मैदानमै हार्न पुग्यौँ तर त्यस खेलबाट पनि हामीले धेरै गल्ती सुधार्ने मौका पाएका छौं' कप्तान किरण भन्छन्, 'युएईसँगको हारलाई भुलेर हामी भोलि यमनविरुद्ध हाम्रो शतप्रतिशत दिने लक्ष्यमा छौँ।'
फिफा वरियता हेर्ने हो भने यमन नेपालभन्दा माथिल्लो स्तरमा रहेको छ। यमन १५६औं स्थानमा छ भने नेपाल १७३औं स्थानमा छ। यस आधारमा पनि नेपाल र यमनबीचको खेल निकै प्रतिस्पर्धा हुनेछ।
नेपाली राष्ट्रिय टोलीले एसियाली छनोटको लागि भनेर निकै लामो समयदेखि प्ररिक्षण थालेको थियो। युएईपछि फर्किए लगतै पनि खेलाडी बन्द प्रशिक्षण्मा रहेर तालिम गरिरहेका छन्।
'यमनविरुद्ध खेल्न हामी तयार छौँ। यमन एउटा बलियो टोली हो तर हार मान्दैनाैं', कप्तान किरणले भने, 'घरेलु मैदानमा दर्शकको साथ पाउँदा हामीलाई छुट्टै जोस आउँछ। यमनविरुद्ध नतिजा हामीले हाम्रै पक्षमा पार्ने छौँ।'
त्यस्तै आइतबार नेपाल आइपुगेका यमन टोलीलाई च्यासल फुटबल मैदानमा एन्फाले प्रशिक्षणको व्यवस्था मिलाएकाे छ।
पछिल्लो समय नेपाली फुटबल खेलाडी एक–एक गर्दै विदेश पलायन भइरहेका छन्। जसले गर्दा नेपाली राष्ट्रिय फुटबल टोली असन्तुलित देखिएको छ। तर अहिले नेपाली राष्ट्रिय टोलीमा युवा खेलाडीको संख्या धेरै छ।
पछिल्लो समय यीनै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन दिदौ आएका छन्। 'हाम्रो टोलीमा अहिले युवा खेलाडीहरुको संख्या धेरै छ। त्यस्तै,टोलीमा खेलको राम्रो अनुभव भएको खेलाडीहरु पनि रहेका छन्' प्रशिक्षक ऐनसले भने 'सुरुआती ११ मा पर्न खेलाडीको आधारमा नतिजा महत्वपूर्ण हुनेछ।'
मगंलबार हुने यमनसँगको खेल निकै महत्वपूर्ण खेल रहेको छ। अर्का चरणमा पुग्नका लागि भोलिको खेल निकै आवश्यतका रहेको छ। नेपाल र यमन दुवैले पहिलो खेल हारेको कारण भोलिको खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन्।
यमनविरुद्ध खेल्ने नेपाली टोली सबै फिट रहेको प्रशिक्षक ऐनसले बताए। छनोट अन्तर्गत समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन्।
यो प्रतियोगिता विश्वकप छनोटसँगै सन् २०१७ मा आयोजना हुने एएफसी एसियन कपका लागि दोस्रो चरणको छनोट पनि हो।