एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौँमा मसाल जुलुस निकालेका छन्।
भातृ संगठनहरूले काठमाडौंकाे, सुन्धारा, कंलकी, बालाजु, गाैशाला, काेटेश्वर लगायत ४४ स्थानमा मसाल जुलुस सहित प्रर्दशन गरेकाे हाे।
बुधबार काठमाडौँमा उनीहरूले बिहीबारको कार्यक्रम लक्षित मसाल जुलुस निकालेका राष्ट्रिय युवा संघ काठमाडौं महानगर कमिटि अध्यक्ष दिपेश सुधाकारले बताए।
भष्ट्रारी मुर्दावाद,गणतन्त्र विराेधी हाेसियार,प्रचण्ड सरकार राजिनामा दे लगायत नारा जुलुस सहित विराेध प्रर्दशन गरेकाे छ।
राष्ट्रिय युवा संघ नेपालले भाेली तिनकुने क्षेत्र हुने प्रर्दशनकाे पुर्व सन्ध्यामा महानगर कमिटिले विशाल जुलुस निकालेकाे र प्रहरी वृत्त जनसेवाका डिएसपी भेषराज रिजालकाे नेतृत्वको टाेलीले नियन्त्रणमा लिएकाे थियाे।
आरआर क्याम्पससहित उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो।