दुर्गा प्रसाईं समूहको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने ५ जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई शुक्रबार बिहान काठमाडाैँकाे विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे। यद्यपि प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेकाे छैन।

प्रसाईंकाे ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान’ले बिहीबार गरेकाे प्रदर्शनका क्रममा उनका समर्थकहरूले प्रहरीकाे घेरा तोडेर निषेधित क्षेत्रतर्फ जान खाेजेका थिए। साेही क्रममा प्रसाईं समर्थकहरूले प्रहरीमाथि ढुंगामुढा प्रहरा गरेका थिए।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो।

प्रकाशित मिति: : 2023-11-24 11:05:00

प्रतिकृया दिनुहोस्