अनलाइनमार्फत ठगी गर्ने महिला पक्राउ

अनलाइनमार्फत ठगी गर्ने एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा जिल्ला सप्तरी साविक धरमपुर–४ तर हाल ललितपुर इमाडोल–३ मा बस्दै आइरहेकी २७ वर्षकी सुजता चौधारी रहेकी छिन्।

‘पीडितलाई आफू टर्कीकाे नागरिक हुँ भन्दै साथी बनाएर माया जालमा पारेर घडी, जुत्ता सुनका गरगहना, मेकअपको सामानसहितको लगेज पठाइ दिएको छु भन्दै सामानको फोटोसहित कुरियरकाे मान्छेले सम्पर्क गर्छ’ भन्दै विश्वास दिलाएर बैंक खातामा पीडितलाई १ लाख ३४ हजार रकम पठाउन लगाएर उनी फरार भएकी थिइन्।

तर पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई आइतबार इमाडोलबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2023-11-26 18:36:00

प्रतिकृया दिनुहोस्