दुर्गा प्रसाईंको प्रदर्शनमा पुगेका श्रीनिवास पक्राउ

दुर्गा प्रसाईंको नेतृत्वमा गौशालामा भएको प्रदर्शनमा सहभागी हुन पुगेका धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्।

साेमबार प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा सहभागी भएका उनले अराज अभिव्यक्ति दिएपछि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान’ अन्तर्गत प्रसाईं नेतृत्वले गत बिहीबारदेखि काठमाडाैँ आन्दोलन सुरू गरेकाे थियाे। साेही अभियानअन्तर्गत  साेमबार भएकाे प्रदर्शनमा आफ्ना समर्थकसहित श्रीनिवास त्रिशूल बाेकेर गौशालामा पुगेका थिए।

त्रिशूलसहित पुगेका उनले उत्तेजक अभिव्यक्ति दिएपछि प्रहरीले पक्राउ गरेकाे हाे।

प्रदर्शनको क्रममा प्रहरी र प्रसाईं समर्थकबीच झडपसमेत भएको थियो। साेही क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेकाे छ। 

प्रकाशित मिति: : 2023-11-27 16:36:00

प्रतिकृया दिनुहोस्