थाई युवकले गरे ‘आफ्नै बिहेको दिन’ गोली हानी बेहुलीको हत्या

थाइल्यान्डमा एक व्यक्तिले आफ्नै बिहेको दिन गोली हानी बेहुली र अरू तीन जनाको हत्या गरे। र, उनी आफैंले आत्महत्या गरेको थाई अधिकारीहरूले जनाएका छन्।

बीबीसीकाअनुसार उनी भूतपूर्वसैनिक हुन्। प्रहरीका अनुसार गत शनिवार २९ वर्षीय चतुलोङ सुक्सुक र ४४ वर्षीया कान्चना पाथुन्टुकको विवाह पूर्वोत्तर थाइल्यान्डमा भएको थियो।

सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बेहुला चतुरङ सुक्सुक बिहेको भोजबाट अकस्मात् बाहिर गए।

फर्केर आउँदा उनले एउटा बन्दुक ल्याए। त्यही बन्दुक चलाएर उनले आफ्नी नवविवाहिता पत्नी, उनकी ६२ वर्षे आमा र ३८ वर्षे बहिनीको ज्यान लिए।

विवाह समारोहमा उपस्थित अरू दुई जनालाई पनि गोली लागेको थियो। उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो। उपचारका क्रममा तीमध्ये एक जनाको मृत्यु भयो।

प्रकाशित मिति: : 2023-11-28 07:30:00

प्रतिकृया दिनुहोस्