मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जना पक्राउ परेका छन्।
सोमबार गौशालामा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे।
प्रहरीका अनुसार थापालाई सिनामंगलस्थित केएमसी अस्पतालबाट पक्राउ गरिएकाे हाे। यसअघि अराजक अभिव्यक्ति दिएपछि धर्मगुरु आचार्य श्रीनिवाससहित अन्य समर्थकहरू परेका थिए।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान’ अन्तर्गत प्रसाईं नेतृत्वले गत बिहीबारदेखि काठमाडाैँ आन्दोलन सुरू गरेकाे थियाे। साेही अभियानअन्तर्गत साेमबार भएकाे प्रदर्शनमा प्रसाईंका समर्थकले प्रहरीमाथि ढुंगामुढा गरेकाे थियाे।
पक्राउ परेकामध्ये केहीमाथि मुद्दा चलाउने तयारी भएकाे प्रहरीले जनाएकाे छ।