भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिएको छ।

शुक्रबार न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसहित ९ जनालाई थुनामै राख्न आदेश दिएको हाे।

रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सन्देश शर्मा थुनामै रहने भएका छन्।

प्रकाशित मिति: : 2023-12-01 17:23:00

प्रतिकृया दिनुहोस्