मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

मोरङको बेलबारी–११ लक्ष्मीमार्ग नजिकै जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मर्चा (रक्सी बनाउन प्रयोग गरिने घरेलु कच्चा पदार्थ) बिक्री गर्न लेटाङ–३ बाट बेलबारी बजारतर्फ जाँदै गरेका ५५ वर्षीय कमल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

बिहान १०:४५ बजेतिर माझीलाई हात्तीले कुल्चेर मारेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2023-12-04 14:56:00

प्रतिकृया दिनुहोस्