आगो ताप्दा घरमा आगलागी, एक जनाको मृत्यु

बिएल संवाददाता

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा ग्यासको सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किएको थियो। 

काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी आगलागी भएकाे थियाे। आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको उनले जानकारी दिए।

लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो। 

प्रकाशित मिति: : 2023-12-05 09:11:00

प्रतिकृया दिनुहोस्