‘आँखालाई स्वस्थ राख्न टाढा-टाढा हेर्नुहाेस्’ (भिडियाे)

मिनु गोले

काठमाडौं

आँखा हाम्राे शरीरकाे सबैभन्दा महत्वपूर्ण एवम् संवेदनशील अङ्ग हाे। त्यसैले आँखालाई सुरक्षित एवम् स्वस्थ राख्न जरुरी छ। विशेषगरी जाडाेयाममा भन्दा गर्मीयाममा तथा घरभित्र रहँदा भन्दा घरबाहिर रहँदा आँखा समस्या आउने सम्भावना रहन्छ। आँखालाई सुरक्षित राख्न धुलाे, धुवाँबाट बच्न जरुरी छ।

यसका साथै हावाको स्टपिटले हाम्रो आँखामा भएको पानीलाई बाफ भएर निस्कन्छन् र सुक्खा हुन्छ। त्यसैले माेटरसाइकल चलाउँदा चस्मा लगाउनुका साटो हेलमेटको भाइजर लगाउनु महत्वपूर्ण हुन्छ।

त्यस्तै टेलिभिजन तथा कम्प्युटर स्क्रिनमा हेर्दा वा माेबाइल चलाउँदा पनि आँखा सुख्खा हुने गर्छ। त्यसबाट बच्न त्यस्ता प्रविधिकाे प्रयाेग गर्दा आँखालाई समय समयमा आराम दिनुका साथै दायाँ-बायाँ हेरिरहनुपर्छ।

त्यसैगरी आँखालाई स्वस्थ राख्न उचित भाेजन तथा शारीरिक व्यायमकाे पनि उत्तिकै महत्व रहेकाे छ। यति गर्दा गर्दै पनि कहिलेकाहीँ आँखामा संक्रमण तथा राेग लाग्ने हुन सक्छ।

त्यसाे भए के गर्ने? बिएल प्रस्क्रिप्सनमा बिएलकर्मी मिनु गाेलेले आँखा रोग तथा विशेषज्ञ डा. कौशल पोखरेललाई साेधेकी छन्।

भिडियो :

प्रकाशित मिति: : 2023-12-09 08:18:00

प्रतिकृया दिनुहोस्