त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो सुन बरामद, विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ। शनिबार राति भन्सार कार्यालयले ६ किलो सुन बरामद गरेको विमानस्थल स्रोतले जनाएको छ।

विमानस्थल स्रोतका अनुसार सुनसहित एक इजिप्टका नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरिफ मोहमद लासिम रहेका छन्। भन्सार क्षेत्र कटेर बाहिरिँदै गर्दा शंका लागेर उनीमाथि जाँच गरिएको थियो। त्यसक्रममा उनको साथबाट ६ किलो ५ सय ग्राम सुन बरामद गरिएको छ।

उनीसहित अन्य दुई जना सुडानी नागरिक पनि पक्राउ परेका छन्।

उनीहरू शनिबार राति ११:५१ बजे फ्लाई दुबईको एफजेट ७५३ विमानबाट काठमाडौं आएका थिए। 

प्रकाशित मिति: : 2023-12-10 10:27:00

प्रतिकृया दिनुहोस्