यू- १९ एसिया कप: अफगानस्तानद्वारा नेपालसामु २६२ रनकाे लक्ष्य प्रस्तुत

आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय यू– १९ एसिया कपअन्तर्गतकाे खेलमा अफगानस्तानले नेपाललाई २६२ रनकाे लक्ष्य दिएकाे छ।

आइतबार दुबईमा टस हारेर पहिले ब्याटिङ गरेकाे अफगानस्तानले निर्धारित ४९.३ ओेभरमा अलआउट हुँदै २६१ रन बनाएकाे हाे।

अफगानस्तानका जामशिद जाद्रनले अविजित शतकीय इनिङ खेले। उनले १५३ बलमा १०६ रन प्रहार गरे। त्यस्तै नुमन शाहले ६० र रहिमुल्लाह जुरमाठीले ३५ रन बनाए।

नेपालका हेमन्त धामी, गुलसन झा र सुवास भण्डारीले समान २-२ विकेट लिए।

प्रकाशित मिति: : 2023-12-10 15:10:00

प्रतिकृया दिनुहोस्