परस्त्रीसँग होटलमा रङ्गेहात पक्राउ परेका सुनसरी रामधुनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष केशव गौतम छुटेका छन्।
वडा अध्यक्ष गौतमको परिवार र महिलाको परिवारबीच मिलापत्र भएपछि उनीहरुलाई आइतबार छाडिएकाे हो।
वडा अध्यक्ष गौतमलाई उनकै श्रीमतीको जिम्मा लगाइयो भने महिलालाई माइतीको रोहबरमा उनकै श्रीमानले लिएर गएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बिएल नेपाली सेवालाई बताए।
एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका वडा अध्यक्ष गौतम शनिबार परस्त्रीसँग धरान उपमहानगरपालिका– १२ स्थित शुभकामना होटलबाट रङ्गेहात पक्राउ परेका थिए। वडा अध्यक्षसँग हाेटलमा छिरेकी महिलाका श्रीमानले दिएको सूचनाको आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको थियो।
होटलमा रंगहेात पक्राउ परेका उनीहरुलाई महिलाका श्रीमानले दिएको उजुरीको आधारमा प्रहरीले क रात थुनेको थियो।
वडा अध्यक्ष गाैतम एमालेका सुनसरी जिल्ला कमिटी सदस्य हुन् । यसअघि पनि उनी त्यही वडाको अध्यक्षमा एमालेबाटै निर्वाचित भएका थिए।