मालीस्थित राष्ट्रसंघको मिसन अन्त्य: साढे १० हजार शान्ति सेना फर्किए

मालीस्थित संयुक्त राष्ट्रसङ्घीय सैनिक मिसन १० वर्षपछि औपचारिक रूपमा सोमबार अन्त्य भएको छ।

मिनुस्मा नामले चिनिने मिसनले राजधानी बामाकोस्थित मुख्यालयमा संयुक्त राष्ट्रसङ्घको झण्डा हटाइएकोे मिसनका प्रवक्ता फातुमाता काबाले एएफपीलाई बताए।

साङ्केतिक समारोहबीच राष्ट्रसङ्घीय सैनिक मिसनको औपचारिक अन्त्य भएको उनले बताए। 

उनले भने, अगामी जनवरी १ पछि ‘परिसमापनको चरण’ हुनेछ, जसमा बाँकी उपकरणहरू अधिकारीहरूलाई हस्तान्तरण गर्ने जस्ता गतिविधिहरू समावेश हुनेछन्।

मिनुस्मा भनिने संयुक्त राष्ट्रसङ्घीय स्थिरीकरण मिसन फिर्ता भएपछि क्षेत्रीय नियन्त्रणका लागि सेना र सशस्त्र समूहबीच युद्ध चर्किने हो कि भन्ने डर बढेको छ।

मिनुस्माले विगत एक दशकदेखि मालीमा करिब १५ हजार सैनिक र प्रहरीलाई राखेको थियो। शत्रुतापूर्ण कारबाहीमा करिब १८० सैनिक मारिएका छन्।

कूल १३ हजार ८०० मिनुस्मामध्ये शुक्रबारसम्म मालीबाट १० हजार ५०० भन्दा बढी वर्दीधारी र अन्य सैनिक कर्मचारीले माली छोडेका छन्।

प्रकाशित मिति: : 2023-12-11 20:05:00

प्रतिकृया दिनुहोस्