बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

बाजुरा सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका गाइरहेको ट्याक्टर बडिमालिका नगरपालिका २ भौनेराखडिगाड नजिक दुर्घटना भएको हाे।

मृतकमध्ये तीन पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएकाे छ।

निर्माण सामाग्री लिएर गएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2023-12-17 19:25:00

प्रतिकृया दिनुहोस्