एनसेलबारे जवाफ दिन समितिको बैठकमा पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा सहभागी भएका छन्।

एनसेलको शेयर खरिद-बिक्री प्रकरणका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान समितिको बैठकमा उपस्थित भएका हुन्।

उनले एनसेल खरिद-बिक्री प्रकरणका विषयमा उठेका प्रश्नको जवाफ दिनेछन्।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले केही हप्ताअघि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानूनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका छन्।
 

प्रकाशित मिति: : 2023-12-19 12:02:00

प्रतिकृया दिनुहोस्