बेलायती प्रधानमन्त्रीसँग वाग्लेकाे भेटवार्ता

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग भेट गरेका छन्। केही दिनदेखि बेलायतमा रहेका वाग्लेले बुधबार प्रधानमन्त्री सुनकलाई भेटेका हुन्।

भेटमा नेपाल र बेलायतसम्बन्ध र सहकार्यका सम्भावनाबारे कुराकानी भएकाे वाग्लेले ट्विट गर्दै बताएका छन्।

कूटनीति, परराष्ट्र र सुरक्षा मामलाका जानकार वाग्लेले सुनकका सल्लाहकार अमित जाेगिया, गृहमन्त्री जेम्स क्लेभर्ले, अन्य मन्त्री रसांसदहरूसँग पनि भेट गरेका छन्। यसअघि उनले बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मेसँग पनि भेट गरेका थिए।

प्रकाशित मिति: : 2023-12-20 10:21:00

प्रतिकृया दिनुहोस्