सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

File Photo
File Photo

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।

आइतबार बसेको न्याय परिषदले बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस गरेकाे हाे। 

यसैगरी न्याय परिषद्ले राजश्व न्यायाधिकरण नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश टङ्क प्रसाद गुरुङलाई तोक्ने परामर्श दिएको छ।

प्रकाशित मिति: : 2023-12-24 13:18:00

प्रतिकृया दिनुहोस्