माेरङ कारागारका एक कैदीकाे मृत्यु भएकाे छ। लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि कारागार प्रशासनले उनलाई पुस ७ गते काेशी अस्पताल लगेर भर्ना गरेकाे थियाे। उनकाे उपचारकाे क्रममा साेमबार बिहान मृत्यु भएकाे हाे।
मृतकका आफन्तले आफूहरूलाई समयमै जानकारी नदिइएकाे र उपचारमा लापरबाही भएकाे भन्दै काेशी अस्पतालमा नाराबाजी गरेका छन्।
आफन्तहरूकाे नाराबाजीले अस्पताल परिसर तनावग्रस्त बनेकाे छ।
जिल्ला अदालत माेरङले लेनदेन ठगी मुद्दामा २०७८ मंसिर २० गते उनलाई १० महिना २२ दिनकाे कैद सजायकाे फैसला सुनाएकाे थियाे। उनकाे कैद भुक्तान आजै सकिँदै थियाे। कैद भुक्तान सकिने दिन उनकाे मृत्यु भएकाे हाे।