एम्बुलेन्स चलाएर मेयर आफैंले बिरामीलाई पुर्‍याउँछन् अस्पताल

सेतोपाटी

सरिशा अछामी

एक साताअगाडि ३२ वर्षीय विष्णुकुमार भामको सवारी चालक अनुमति पत्र (लाइसेन्स) हातमा पर्‍यो।

एक वर्षअघि नै लिखित र ट्रायल पास गरेको भए पनि गत हप्तामात्रै उनले चारपाङ्ग्रे सवारीको लाइसेन्स प्राप्‍त गरेका थिए।

लाइसेन्स हातमा परेको एक-दुई दिन मात्रै भएको थियो। उनकै वडाका ५२ वर्षीय पुरूषलाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने भयो।

भाम मुगु छायाँनाथ रारा नगरपालिका-६ का स्थानीय मात्र होइनन्, उनी नगर प्रमुखसमेत हुन्।

बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स चाहिएको खबर पाउन बित्तिकै उनी आफैं बिरामीको घर पुगे।

एम्बुलेन्स चालक ४२ वर्षीय धर्मा बुढा उनकी आमा बिरामी भएर २२ दिनदेखि बिदामा छन्। सोही कारण आफूले चलाउने अवसर मिलेको नगरप्रमुखको भनाइ छ।

प्रकाशित मिति: : 2023-12-26 11:26:00

प्रतिकृया दिनुहोस्