यस्ताे छ आजकाे मौसम

File Photo
File Photo

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले काठमाडौँमा वायुको तापक्रम ११ डिग्री सेन्टिग्रेड रहेको र पारदर्शिता (भिजिबिलिटी) चार हजार पाँच सय मिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम सात दशमलव आठ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् लामिछानेले बताए।

यसैगरी आज राति कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2023-12-27 12:47:00

प्रतिकृया दिनुहोस्